सनराइज बैंकद्वारा ग्राहकलाइ स्वास्थ्य बिमाकाे रकम हस्तान्तरण

सुन्दरबजार साउन २१ गते ।
सनराइज बैक सुन्दरबजार शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ बिमाको रकम आफ्ना सदस्यलाई हस्तान्तरण गरेको छ ।
मंगलबार सुन्दर बजार ७ निवासी नीरबहादुर गुरुङलाई बिरामी भइ उपचार गरि फर्किए पस्चात बिल अनुसारको रकम ८ हजार १ सय ८१ रूपैयाँ शाखा प्रबन्धक प्रेम बुढाले एक समाराेबीच  हस्तान्तरण गरे । स्वास्थ बिमा कार्यक्रम सन्चालन गर्ने सनराइज बैक प्रहिलो बाणिज्य बैक रहेको र बैकले आफ्ना ग्राहककाे धनको सुरक्षा साथै स्वास्थको सुरक्षामा ध्यान दिएको प्रबन्धक बुढाले बताए ।
यस अघि पनि बैंकले प्रत बहादुर गुरुङ र सुर्यकुमारी अधिकारिले दावी गरेकाे आ- आफ्नो स्वस्थ उपचारकाे बिल अनुसारको रकम भुक्तानी गरिएको प्रबन्धक बुढाले जानकारी दिए ।सुन्दर बजार चेम्बरका अध्यक्ष बिष्णुकुमार श्रेष्ठले सनराइज बैकबाट संचालित आफ्ना ग्राहकको लागि सन्चालन गरेको स्वस्थ बिमा कार्यक्रम प्रभाबकारी भएकोले सबै बैक तथा बित्तीय संस्था हरुले यो कार्यक्रम सन्चालन गर्न अनुरोध गरे।

कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *