पाउँदीबजारमा एभरेष्ट सहकारीकाे सदस्य सेवा केन्द्र सञ्चालन

विष्णुकुमार श्रेष्ठ

सुन्दरबजार, साउन २५ गते ।

लमजुङको ब्यापारीक केन्द्र सुन्दरबजारमा संचालित एभरेस्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो साेही नगरपालिकाकाे वडा नंं ७ पाउँदीबजारमा सदस्य सेवा केन्द्र सञ्चालन गरेकाे छ ।

साे सेवा केन्द्रकाे सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्रले एक समाराेहबीच उद्घाटन गरेका छन् । लमजुङ प्रबेशद्वार सुन्दरबजारकाे पाउदी बजारमा केन्द्रकाे उद्घाटन गर्दै नगरप्रमुख मिश्रले राष्ट्रकाे शैक्षिक , सामाजिक ,भौतिक संस्कृतिका साथै समग्र विकासमा सहकारी संस्थाको भुमिका महत्त्वपूर्ण हुने बताए । बिशेष अतिथी सुन्दरबजार नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जयराम रेग्मीले सुन्दरबजारको आर्थिक साथै सामाजिक बिकासमा एभरेस्ट साकोसले खेलेको भुमिका उल्लेखनीय भएको बताए ।

साे अवसरमा कार्यक्रमका सभापति एबम एभरेस्ट साकोसका अध्यक्ष रामबाबु श्रेष्ठले एभरेस्ट साकोसको बिगत ,बर्तमान र भबिस्यको यथार्थ चित्रण गर्दै शेयरधनीहरुको सन्तुष्टि र मायाले नै सहकारीले सदैब आफ्नो उद्देश्य प्राप्ती गरेको बताए । उनले संस्थाका भावी कार्यक्रमबारे पनि जानकारी गराउँदै सदस्यहरूकाे अार्थिक सामाजिक उत्थानका लागि साकोसले खेल्नु पर्ने भुमिका बिषयमा प्रस्ट पारेका एभरेस्ट साकोसका प्रबन्धक ज्ञान बहादुर नेपालीले बताए ।

एभरेस्ट साकोसले बचत तथा ऋणको कारोबार सङ सङै आफ्ना जेष्ठ शेयर धनि सदस्यहरुलाई नि:शुल्क तिर्थाटन ,विभिन्न प्रकारका स्वस्थ शिबिर, शेयर बजार सम्बन्धि जानकारी मुलक कार्यक्रम , एभरेस्ट बैंक सङ्को समन्बयमा पेन्सन बितरण कार्यक्रम , स्नातक तहमा नियमित उत्कृष्ट नतिजा प्राप्त गर्ने बिद्यार्थीलाई पुरस्कारको ब्यबस्था गरिएको एभरेस्ट साकोसका जनसम्पर्क प्रमुख कृष्णमाया तिवारीले बताइन्।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *