लायन्स दिवस २०७६ को अवसरमा सुन्दरबजारमा विविध कार्यक्रम

सुन्दरबजार, साउन २५ गते ।
लायन्स क्लब अफ सुन्दरबजारले नेपाल लायन्स दिवस २०७६ को अवसरमा विविध कार्यक्रम सम्पन्न गरेकाे छ ।
क्लवले सुन्दरबजारकाे सयपत्री माविमा हिज्जे प्रतियोगिता , मातृभुमी बहुमुखी क्याम्पसको सभा हलमा बिद्यार्थीका लागि योगा र मनोबैज्ञानिक परामर्श कार्यक्रमका साथै एभरेस्ट साकोसको हलमा सुशासन र नागरिक सचेतना कार्यक्रम सप्पन्न गरेकाे हाे ।
योगा र मनोबैज्ञानिक परामर्श कार्यक्रममा सयपत्री मा.बि., बालज्योती मा.बि. , लमजुङ कृषि क्याम्पस , मातृभुमि बहुमुखी क्याम्पसका १५० जना बिद्यार्थीहरुको सहभागीता रहेको क्लबका टेल ट्वीस्टर  ज्ञान बहादुर नेपालीले बताए ।
कार्यक्रमका प्रमुख अतिथि सुन्दर बजार नगरपालिकाका वडा नम्बर ७ का वडा अध्यक्ष जयराम रेग्मिले स्वस्थ रहनको लागि योगाले महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै विद्यार्थीहरुको लागि गरिएको यस्ता क्रियाकलापमा सदैव सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा बिशेष अतिथि लायन्स क्लब इण्टर्नेशनल ३२५ बि १ का क्याबिनेट पि.आर.ओ.लायन रामबाबु श्रेष्ठले लायन्स क्लब अफ सुन्दर बजारले अत्यन्तै प्रभावकारी कार्यको शुरूवात गरेकोले सबैले साथ दिनु पर्ने बताए । साे अवसरमा भक्ति नमुना मा.बि.का प्रधानअध्यापक यज्ञराज घिमिरे , लियो क्लब अफ सुन्दर बजारका अध्यक्ष अनिशा श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए भने सहजीकरण अधिवक्ता सुदर्शन जोशीले गरेका क्लबका उपाध्यक्ष ज्ञानेन्द्र शर्माले बताए ।
क्लबका अध्यक्ष बिष्णुकुमार श्रेष्ठको अध्यक्षतामा साे कार्यक्रम भएकाे थियाे ।
त्यस्तै क्लबबाट एभरेस्ट साकोसको हलमा गरिएको अर्को कार्यक्रम सुशासन र नागरिक सचेतना अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले भ्रष्टाचार अन्त्यको लागि सबैले आ-आफ्नो क्षेत्रबाट पहल गर्नु पर्ने बताए ।सुन्दर बजार बाट शुरु गरिएको यो कार्यक्रमलाई जिल्ला , प्रदेश हुँदै रास्ट्रीय स्तरमा पुर्याउनु पर्नेमा उनीहरूकाे जाेड रहेकाे थियाे ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *