भुलभुलेकाे हामखाेला झरनामा वाटरफल फेस्टिभल सम्पन्न

भुलभुले, साउन २५ गते

प्रख्यात अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने मर्स्याङदी गाउँपालिकाकाे भुलभुलेमा प्रथम हामखाेला झरना वाटरफल फेस्टिभल सम्पन्न भएकाे छ ।

भुलुभुले बजारकाे नजिकै रहेकाे हामखाेला झरनालाइ पर्यटकीय स्थलकाे रूपमा विकास गर्ने उद्देश्यका साथ शनिबार अायाेजना गरिएकाे फेस्टिभलमा हजाराैंले सहभागिता जनाएका छन् । फेस्टिभलम बेसीशहर, उदीपुर, भाेटेअाेडार, सुन्दरबजार लगायतका स्थानबाट अान्तरिक पर्यटक भुलभुले पुगेका थिए ।

मर्स्याङदी नदी सुसाएझैं  छङछङ झरेकाे हामखाेला झरना लमजुङकै प्रमुख पर्यटकीय गन्तब्य हाे । परापूर्ब कालदेखि एक्लै छङछङ झर्दै गरेकाे याे झरना विगत केही बर्षयता अन्तरिक पर्यटककाे राेजाइकाे गन्तब्य बन्न पुगेकाे छ । यसकाे अझै प्रचार प्रसार गरी मर्स्याङदी गाउँपालिकालाइ चिनाउन फेस्टिभल अायाेजना गरिएकाे अायाेजक समितिका संयाेजक प्रमाेद घलेले जानकारी दिए ।

महाेत्सवमा सहभागीहरूलाइ थप मनाेरञ्जन दिन सांगीतिक कार्यक्रम समेत अायाेजना गरिएकाे थियाे । गीत संगीतकाे साथै झरनाकाे वरिपरी फाेटाे खिच्ने, सेल्फी लिनेहरूकाे निकै घुइँचाे थियाे । कतिपयले झरनामा नुहाएर रमाइलाे गरे भने काेही झरनाकाे तलपट्टी रहेकाे पाेखरीमा पाैडी खेलेर रमाइलाे गरे ।

कुनै समय थियाे, साेही झरनाकाे बाटाे हुँदै अन्नपूर्ण पदयात्रामा जाने पर्यटकहरू नअघाउँञ्जेल झरना हेरेर अघि बढ्थे । झरनाकाे मनाेरम दृष्यलाइ क्यममरामा कैद गर्दै कति पर्यटकले विदेशमा समेत प्रचार गर्दथे । कालान्तारमा पदयात्रा मार्ग सडकका कारण अाेझेलमा पर्न गएकाे छ । यसै कारण पुरानाे भुलभुले बजार हुँदै हामखाेला झरनाकाे बाटाे भएर पदयात्रा गर्ने पर्यटकहरू पनि घटेका छन् ।

विदेशी पर्यटकको समेत रोजाइमा परेको हामखोला झरनालाइ स्वदेशी पर्यटकलाइ समेत अाकर्षित गर्न पछिल्लाे समय झरनालाइ थप ब्यवस्थापन गरिएकाे छ । झरनासम्म पुग्ने बाटाेमा सिँढी लगाउने अप्ठेराे ठाउँमा बार लगाइएकाे छ । गाउँपालिकाले झरनाकाे विकास गरी त्यस क्षेत्रलाइ पर्यटकीय गन्तब्य बनाउन सहयाेग गरेकाे छ ।

वाटरफल फेस्टिभलका लागि ‘एक नौलो सांगितिक अनुभुति, साथमा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति’ भन्ने नारा तय गरिएकाे थियाे । महाेत्सवमा स्थानीय क्लव, अामा समूहहरूकाे सांगीतिक प्रस्तुतिका साथै  डिजे डेकिङको विशेष प्रस्तुति रहकाे अायाेजक समितिका सचिव रवि थापाले बताए ।

मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले  फेस्टिभल उद्घाटन गर्दै यसबाट सिंगो लमजुङ जिल्लाको पर्यटन प्रवर्धनमा सघाउ पुर्‍याउने बताए।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *