लमजुङ र गोरखाका ५ सहकारी संस्था पुरस्कृत

बेसीशहर, साउन ३२ गते ।

नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) फिल्ड कार्यालय लमजुङले लमजुङ र गोरखाका सहकारी संस्थालाइ पुरस्कृत गरेकाे छ ।

संघको वृद्धि विकासमा उत्कृष्ट योगदान पुर्याएकाे भन्दै नेफ्स्कूनले लमजुङ र गाेरखाका सहकारीहरूलाइ पुरस्कृत गरेकाे हाे ।

पुरस्कृत हुनेमा नियमित बचत तर्फ बेसीशहरको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि., हातेमालो बचत तथा ऋण सहकारी संस्था लि., उत्कृष्ट शेयर खरिदतर्फ बेसीशहरको कृषक जागरण बचत तथा ऋण सहकारी संस्था लि. र उत्कृष्ट ऋण परिचालनतर्फ राइनासको कालिगण्डकी बचत तथा ऋण सहकारी संस्था लि. पुरस्कृत भएका हुन् । साेही अबसरमा बेसीशहरमा महिलाहरूबाट सञ्चालित नारी साकोस र उत्पादन तथा सेवामा योगदान पुराएकाे भन्दै गोरखाको हिमचुली बचत तथा ऋण सहकारी संस्था लि. लाइ पनि पुरस्कृत गरिएकाे थियाे ।

नेफ्स्कुनको ३२ औं स्थापनाको दिवसको अवसरमा शुक्रवार वेसीशहरमा आयोजित कार्यक्रममा नियमित कारोवारमा सक्रिय सहभागिता जनाई सहयोगी भूमिका निर्वाह गर्ने वचत तथा ऋण सहकारी सस्थांलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको फिल्ड कार्यालय लमजुङका प्रमुख मनोज कार्कीले वताए ।

उत्कृष्ट पाँचवटै सहकारीका अध्यक्ष तथा प्रतिनिधिलाईलाई कार्यक्रमका प्रमुख अतिथि वेसीशहर नगरपालिकाका प्रमुख गुमानसिहं अर्याल, नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघका संञ्चालक सदस्य चण्डीप्रसाद शर्मा पौडेल, लमजुङ जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष दर्गाभक्त धमलाले सयुंक्त रुपमा सम्मानपत्र प्रदान गरेका थिए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *