सडक, खानेपानी, शिक्षा र स्वास्थ्यमा जाेड दिन नार फूका बासीन्दाकाे सांसदसंग अाग्रह

राजन गुरूङ

चामे, साउन ३२ गते ।

बिकट हिमाली जिल्ला मनाङकाे पनि अति विकट नार्पाभूमि (साविक नार र फू गाविस)का बासीन्दाले त्यस क्षेत्रकाे विकासमा ध्यान दिन सांसद पाेल्देन छाेपाङ गुरूङलाइ अाग्रह गरेका छन् ।

सांसद विकास काेष तथा अन्य विकास बजेटबाट त्यस क्षेत्रमा सञ्चालित याेजनाहरूकाे अनुगमन तथा भेटघाटका लागि नार फू पुगेका सांसद गुरूङलाइ त्यहाँका स्थानीयले माेटरबाटाे, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका अाधारभूत विकासका पूर्वाधारबाट अाफूहरू बञ्चित हुनु परेकाे भन्दै अब राज्यले याे विकट क्षेत्रका बासीन्दाकाे लागि साेच्नु पर्ने बताएका हुन् ।

बिकट हिमाली जिल्ला भएकै कारण पछि परेकाे मनाङका अन्य भागमा हाल माेटर चल्न थाले पनि नार्पा भूमिमा माेटरबाटाे नहुँदा जनताले सास्ती खेप्नु परेकाे भन्दै उनीहरूले काेताेदेखि नारफूसम्म माेटरबाटाे बनाइदिन सांसद गुरूङसंग अाग्रह गरे ।

विकट भए पनि प्राकृतिक स्राेत साधनले भरिपूर्ण नार्पाभूमि गाउँपालिका पर्यटकीय गाउँसमेत हाे । स्थानीयबासीन्दाका साथै त्यहाँ पुग्ने पर्यटककाे सुविधाकाे लागि पनि माेटरबाटाे निर्माण गर्न सकेमा त्यहाँकाे पर्यटन प्रबर्धनमा पनि टेवा पुग्ने भन्दै उनीहरूले सांसद गुरूङलाइ माेटरबाटाे, विद्युतिकरण, ढल ब्यवस्थापनकाे लागि पहल गरिदिन अाग्रह गरेका हुन् । उनीहरूले गाउँपालिका केन्द्र अपायक भएकाले यथाशिघ्र गाँउ पालिका कार्यालय च्याखुमा स्थानान्तरण गराउन पनि ध्यानाकर्षण गराएका छन् ।

साे भेटघाटका क्रममा स्थानीयले नारबाट ङावलसम्मकाे माेटरबाटाे, नार्पाभूमि जाने बाटाेमा खानेपानीकाे ब्यवस्था, नार हुँदै तिब्बत जाेड्ने माेटरबाटाेकाे लागि पहल गरिदिन अाग्रह गरेका थिए ।

साे अवसरमा सांसद गुरूङले मनाङी जनताकाे अपार मायाले अाफू सांसदमा निर्वाचित भएकाेले नारफू र सिंगै मनाङकाे विकासमा अाफूले सक्दाे सहयाेग गर्ने प्रतिबद्धता जनाएका  थिए । उनले मनाङका अरू ठाउँकाे तुलनामा याे क्षेत्र पिछडिएकोले मोटर वाटो र खानेपानीको सहज व्यवस्थामा विशेष प्राथमिकता राखी वजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।

स्थानीयसंगकाे छलफलपछि सांसद गुरूङले त्यहाँ सञ्चालन भइरहेका विभिन्न विकासका याेजनाकाे अनुगमन गरी कमी कमजाेरी अाैंल्याएका थिए । उनले सदरमुकाम चामेमा पनि विभिन्न सराेकारवालाहरूसंग छलफल गरी याेजनाहरूमा देखिएको ढिला–सुस्तीप्रति खवरदारी गराएका थिए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *