विकृति विसंगतिकाे अन्त्यका लागि अामा समूह र प्रहरीबीच छलफल

बेसीशहर, भदाै १ गते ।

सामाजिक विकृतिकाे अन्त्यका लागि विभिन्न ठाउँमा अामा समूहले सकरात्मक काम गरेका छन् । अामा समूहकाे सक्रियतामा विभन्न स्थानमा जाँडरक्सीमा प्रतिवन्ध लगाइएकाे छ त कतिपय स्थानमा सचेतनाका कामहरू भइरहेका छन् । महिलाहरू ज ागे भने असम्भव काम पनि हुँदाे रहेछ भन्ने सन्देश समाजमा परेकाे छ ।

यसै सन्दर्भमा लमजुङ प्रहरीले पनि अामा समूहकाे सहयाेगमा समाजमा रहेका विकृति विसंगतिकाे अन्त्यकाे लागि अामा समूहसंग छलफल गरेकाे छ । जिल्ला प्रहरी कार्यालय लमजुङले सामाजिक विकृति विसंगतिकाे अन्त्यका लागि महिला समूहहरूसंग मिलेर के कस्ता अभियान चलाउन सकिएमा सफलता हात लाग्छ भन्ने विषयमा छलफल गरेकाे हाे ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले शान्तिटोल, प्रगतिटोल, मनाङ्गे चौतारा र जनचेतना आमा समुहका प्रतिनिधिसंग अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा अामा समूहका प्रतिनिधिहरूले प्रहरी चनाखाे हुन नसकेकाे, घटना भएकाे वा घट्न लागेकाे जानकारी गराउँदा पनि प्रहरी ढिलाे गरी अाउने गरेकाे गुनासाे गरेका थिए । उनीहरूले घटना नै घट्न नदिनेतर्फ सचेत हुन प्रहरीलाइ अाग्रह गर्दै यसका लागि अाफूहरू सहयाेग गर्न तयार रहेकाे बताएका थिए ।

बेसीशहरकाे शान्तिटाेल आमा समूहकी अध्यक्ष कृष्ण कुमारी गुरुङले समाजमा कुनै घटना घटेमा प्रहरीहरू घटनास्थलमा समयमै नआउने गरेको गुनासो गरिन् ।

जनचेतना आमा समूहकी अध्यक्ष मिना रावलले प्रहरी र आमा समूह मिलेर सभ्य समाजको निर्माण गर्न सकिने भन्दै प्रहरीसँग हातेमालो गरेर अगाडी बढ्न अाफूहरू तयार रहेकाे बताइन् ।

कार्यक्रममा सहभागीहरूले आफ्ना टोल समाजमा घटेका र घट्न सक्ने घटनाका बारेमा छलफल गरेका थिए । उनीहरूले अहिले समाजमा भईरहेका र हुन सक्ने सम्भावित घटनाबारे प्रहरीलाइ जानकारी गराउँदै सचेत रहन र अावश्यक पर्दा सघाउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरिक्षक रविन्द्रमान गुरुङले बेसीशहरबजारभित्र लागुपदार्थ दुर्व्यसन, चोरी डकैती तथा अन्य घटना घटेकाे जानकारी पाएकाे  ५ मिनेटभित्रमा प्रहरीलाइ घटनास्थलमा पठाइसक्ने प्रतिबद्धता जनाए । उनले बेसीशहर बजार बाहिरकाे हकमा भने समय यति नै भनेर ताेक्न नसकिए पनि यथाशिघ्र प्रहरी परिचालन गर्ने प्रतिवद्धता उनले जनाए ।

प्रहरीकाे काम शान्ति सुरक्षाकाे ब्यवस्था गरी सभ्य समाजकाे निर्माण गर्नु भएकाले सुरक्षाको विषयमा ढुक्क हुन आग्रह गर्दै प्रहरी र समुदायकाे साझेदारीमा मात्र याे काम सम्भव हुने भन्दै समुदाय प्रहरी साझेदारी अभियानबारे जानकारी गराएका थिए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *