संविधान दिवसमा मनाङमा विविध कार्यक्रम

नवीन लामिछाने
थुतेन लामा
धारापानी(मनाङ), असाेज ३ ।
चाैथाे संविधान सभाकाे अवसरमा हिमालपारीकाे जिल्ला मनाङमा विविध कार्यक्रम गरिएकाे छ । मनाङकाे नासाें गाउँपालिकामा विविध कार्यक्रम गरी हर्साेल्सका साथ चाैथाे संविधान दिवस मनाईएकाे हाे । नासाें गाउँपालिकाले अायाेजना गरेकाे कार्यक्रममा भाग लिन गाउँपालिकाका विभिन्न भागबाट सर्वसाधारणहरू थाेंथेमा जम्मा भएका थिए ।
गाउँपालिकाका सबै वडाका जनप्रतिनिधि, सर्वसाधरण, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधि संविधान दिवस मनाउन थाेचें पुगेका थिए ।
गाउँपालिकाका अध्यक्ष चन्द्र धलेकाे नेतृत्वमा भएकाे कार्यक्रममा प्रवचनका साथै संविधान सम्बन्धी गीतमा विभिन्न वडाका अामा समूहले गीत तथा  नृत्य प्रस्तुत गरेका थिए । माैलिक भेषभूषामा सजिएका अामा समूहलाइ प्राेत्साहनस्वरूप ५/५ हजार प्रदान गरिएकाे थियाे ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *