सिनोहाइड्रोका तीन नेपाली कर्मचारी पुरस्कृत

बेसीशहर, चैत्र ८ गते ।

५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ए जलविद्युत आयोजनाको प्रवर्द्धक सिनोहाइड्रो सगरमाथा पावर कम्पनीले ३ जना नेपाली कर्मचारीलाई पुरस्कृत गरेको छ।

सन् २०१८ मा मेहनतका साथ उत्कृष्ट कार्य गरेको भन्दै तीन कर्मचारीलाई पुरस्कृत गरिएको सिनोहाइड्रोले जनाएको छ । पुरस्कृत हुनेमा साइट कार्यालयका दोभाषे दयाराम दाहाल, साइट कार्यालयकै प्रविधि विभागका इन्जिनियर भवनाथ झा तथा विद्युतगृहका प्राविधिक सुदिप खनाल छन् । सिनोहाइड्रोको माथिल्लो निकाय पावर चाइनाले उनीहरूको उच्च मूल्याङ्कन गर्दै नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको हो ।

गत मार्च २० तारिखका दिन माथिल्लो मर्स्याङ्दी ए को साइट कार्यालयमा एक भव्य कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा कम्पनीका प्रवन्ध निर्देशक श्री यान हुङ वेले उक्त तीन नेपाली कर्मचारीलाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका हुन् ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *