एन्फाले दियाे मनाङ जिल्ला फुटबल संघलाइ सदस्यता

बेसीशहर, चैत ११ गते ।

अखिल नेपाल फुटबल संघ मनाङ जिल्ला फुटबल संघलाइ सदस्यता दिएकाे छ ।

विराटनगरमा सम्पन्न भएको १८ औं साधारणसभाले मनाङ जिल्ला फुटबल संघलाई सदस्यता प्रदान गरेको हाे । ८ बर्ष सम्म निरन्तर र अथक प्रयास पछि मनाङ जिल्ला फुटबल संघले एन्फाकाे सदस्यता पाएकाे हाे ।

जिल्ला फुटबल संघ मनाङलाइ एन्फाकाे सदस्य बनाउन धेरैले मेहेनत गरेका थिए । यस कार्यमा खट्ने संघीय संसद कर्म घले , मनाङ मर्स्याङदी क्लबका भु.पु. अध्यक्षहरू टासी घले , जाम्लीङ घले , जिम्मी गुरूङ , एन्फाका अध्यक्ष कर्म छिरिङ शेर्पा ,एन्फाका सदस्य बिजय घले लगायतलाइ यस अभियानमा सहयाेग पुर्याएकाे भन्दै मनाङका फुटबल प्रेमीले धन्यवाद दिएका छन् ।

मनाङका फुटबलप्रेमी, समाजसेवी, पर्यटन ब्यवसायी विनाेद गुरूङले दिएकाे जानकारी अनुसार एन्फाले दिएकाे सदस्यता मनाङ जिल्ला फुटबल संघका सचिव दूधबहादुर गुरूङले ग्रहणा गरेका थिए ।

 


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *