लमजुङमा ल्होसारको रमझम

बेसीशहर, पुस १५ ।
गुरुङहरुको नयाँ बर्ष ल्होसार आज देशभरका गुरुङ समुदायले हर्षोल्लासका साथ मनाउँदै छन् । नयाँ बर्ष स्वागतमा गुरुङहरुले ठूला तथा मान्यजनहरुवाट आशिर्वाद लिनुका साथै टाढा– टाढा रहेका आफन्तसंग भेटघाट गर्ने परम्परा रहँदै आएको छ । ल्होसारको अवसरमा समुहमा मिलेर नाचगान गर्दै स्वकैँ अर्थात सामुहिक भोज खाइ ल्होसार मनाउने गरिन्छ ।


गुरुङ संस्कृतिमा जन्मे देखि मृत्यु सम्मका हरेक संस्कार बर्ग हेरेर मात्र गर्ने चलन छ । वर्ग १२ वटा हुन्छन् । हरेक बर्ष नयाँ वर्गको आगमन हुन्छ । यिनै बर्ग फेरिने दिनलाई गुरुङ जातिले सबै भन्दा ठुलो चाड अर्थात ल्होसार(ल्होछार)को रुपमा मनाउने गर्छन् । यस बर्ष फाे ल्हाेसार परेकाे छ ।
परम्परागत रुपमा ल्होसार पर्व गुरुङ समुदायका युवा युवतीहरु रोधिघरमा केटा–केटी बिच नाचगान गर्दै रमाउँदै मनाउने चलन थियो । समयको परिवर्तनसँगै ल्होसार मनाउने र स्वकैँ खाने प्रचलनमा समेत परिवर्तन आएको छ ।


ल्होसारका अवसरमा गुरुहरु बाल बालिका देखि बद्ध बृद्धाा सम्म ढाका टोपी, भोटो, कछाड र गुन्यो चोली जस्ता परम्परागत पहिरन लगाएर ठाँटिन्छन् । ल्होसार मनाउन विदेशिएका युवाहरु समेत गाउँ फर्कि रमाईलो गर्ने चलन छ ।
ल्होसारका अवसरमा गुरुङ समुदायले आज बेसीशहरमा सांस्कृतिक ¥याली निकालेका छन् । पुरुषहरु भोटो कछाड र भांग्रो लगाएर तथा महिलाहरु छिटको गुन्यु, मखमली चोली, घलेक र क्रेमो (कर्मु)का साथ परम्परागत गहनामा सजिएर ¥यालीमा सहभागी भएका छन् । पुरुषहरु ढोलक, मादल, झ्याली, बजाउँदै तथा महिलाहरु गीतसगै नाच्दै ¥यालीमा सहभागी भएका छन् ।


बेसीशहर र आसपासका गुरुङ वस्तीका गुरुङ तथा गुरुङसेनीहरु आफ्नो मौलिक पहिरनमा सजिएर र आफु आवद्ध समूहमा मिलेर ¥यालीमा सहभागी भएका छन् । खुदी, भुलभुले, उत्तरकन्या, भुजुङ, पसगाउँ, गिलुङ, करापु, पुरानोकोट, नाल्मा, मालिङ, भोजे, ईलमपोखरी, दुधपोखरी, घेर्मु, ताघृङ, गौँडा लगायतका गुरुङ वस्तीरुमा आमा समुह, युवा क्लब, बाबा समुह मिलेर साँस्कृतिक कार्यक्रम गरेका छन् । ल्होसारका अवसरमा सबै जात जाति विच सद्भाव र एकता फैलाउने सन्देश दिनुपर्ने उनीहरु बताउँछन् ।
विगतमा सरकारले ल्होसारलाई राष्ट्रिय पर्व घोषणा गरी एक दिन सार्वजनिक विदा समेत दिने गरेकोमा अहिले काटिएको छ । गण्डकी प्रदेश सरकारले भने गुरुङ समुदायका दवाव पछि आज एक दिनका लागि प्रदेशमा विदा दिएको छ ।

घलेगाउँ नेपालकै पहिलो स्मार्ट भिलेजकाे रूपमा सुभराम्भ

शान्ता कमली

लमजुङ ,पुस ११ गते ।

सार्क राष्ट्रकै नमुना गाउँको रुपमा परिचीत घलेगाउँलाई नेपालकै पहिलो स्मार्टभिलेज सुभराम्भ गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले घलेगाउँलाई मंगलबार स्मार्ट भिलेज गाउँ सुभराभ्म गरेका हुन् । मुख्यमन्त्री गुरुङले कार्यक्रमलाई सम्बोधन गदै गण्डकी प्रदेशको समृद्धिको मुख्य आधार नै पर्यटन रहेको बताए । उनले भने नेपालका शहरी क्षेत्रलाई मात्र नभई पर्यटन विकासको सम्भावना बोकेका ग्रामीण क्षेत्रलाई पनि स्मार्ट भिलेजको रुपमा विकास गर्न आवश्यक छ ।

मुख्यमन्त्री गुरुङले घलेगाउँलाई देशकै उत्कृष्ट स्मार्ट भिलेज बनाउन स्थानियलाई मेहनतका साथ लाग्न आग्रह गरे । स्मार्ट भिलेज घोषणा भएसँगै गाउँमा रहेको स्थानिय सस्कृति र स्थानियस्तरमा उत्पादित सामग्रीलाई स्मार्ट बनाउनुपर्छ उनले भने । मुख्यमन्त्री गुरुङले स्मार्ट गाउँलाई व्यावस्थीत बनाउनुपर्ने बताए । अर्को प्रसङगमा मुख्यमन्त्री गुरुङले चालु आर्थिक वर्षमा गण्डकी प्रदेशमा तीनसय होमस्टे प्रवद्र्धन गर्नेगरि कार्यक्रम सञ्चालन गरिने बताए । ‘गण्डकी प्रदेशको सिरुवारीबाट नेपालमै पहिलो होमस्टे सुरु भएको हो । लमजुङको घलेगाउँ होमस्टेले संसारलाई चिनायो’, मुख्यमन्त्री गुरुङले भने, ‘यही गौरब र पहिचानलाई लिएर होमस्टेको विकास गर्ने तरखरमा छौँ । होमस्टेबाट आयआर्जन बढाउन प्रयत्नरत छौँ ।’ मुख्यमन्त्री गुरुङले २०२२ सम्म गण्डकी प्रदेशले २५ लाख पर्यटक भित्रयाउने बताए ।

पर्यटकीय गन्तव्यको रुपमा चिनिएको घलेगाउँको विकासका साथै प्रचारप्रसारका लागी घलेगाउँलाई स्मार्ट भिलेज गाउँ घोषणा गरिएको घलेगाउँ पर्यटन व्यावस्थापन समितिका अध्यक्ष प्रेम बहादुर घलेले बताए । उनले भने घलेगाउँको पर्यटन प्रवद्र्धनका लागी गण्डकी प्रदेश सरकार र तारा गाउँ विकास समितीसँग आवश्यक रकम माग गरिएको छ । गाउँका १ सय २० घरका छाना एउटै कलरको बनाउने र यस क्षेत्रको भौतीक संरचनाको विकासका लागी पहल भईरहेको उनले बताए । २०५७ सालदेखि पर्यटन प्रवद्र्धनका कार्यक्रम गरी होमस्टे सञ्चालन थालेको घलेगाउँमा दुई घर दलित समुदायसहित ३२ घरमा होमस्टे सञ्चालन गरिएको छ ।

२०७४ सालमा उक्त होमस्टे नेपालकै उत्कृष्ट सामुदायिक होमस्टे बन्न सफल भएको छ । पर्यटकीय सेवा सुविधा ,स्थानिय कला सस्कृतिको प्रर्वद्धन तथा गतिविधी ,होमस्टे कार्यक्रममा समुदायको सक्रियाताका कारण घलेगाउँमा स्वादेशी तथा विदेशी पर्यटकको रोजाईमा पदै आएको घलेगाउँ पर्यटन विकास समितीका सचिव उमल बहादुर विकले बताए ।

घलेगाउँमा हिमालको दृश्यावलोकन र सूर्योदय अवलोकन साथै गुरुङ जातिको सङ्ग्रहालय, गुरुङ संस्कृति घाँटु, कृष्ण चरित्र, झ्याउरे नाच यहाँको विशेषता रहेको विकले बताए । यस्तै गुरुङ घले राजाको बगैंचा, गुरुङ जातिको हस्तकला, चिया बगानसमेत यहाँ अवलोकन गर्न पाइन्छ ।

घलेगाउँ समुद्री सतहदेखि २१ सय मिटरको उचाईमा पर्दछ । सदरमुकाम बेंसीशहरबाट सवारी साधनमा साँढे २ घण्टा र पैदल जान चाहनेका लागी ५ घण्टामा पुग्न सकिने घलेगाउँमा पछिल्लो समय यातायात पुगेपछि आन्तरिक पर्यटकको संख्यामा बृद्धि भएको हो ।

मर्स्याङदी गाउँपालिकाभित्र फोहोर मैला संकलन तथा व्यवस्थापन केन्द्र निर्माण

बेसीशहर, पुस १० ।
लमजुङको मर्स्याङदी गाउँपालिकाले गाउँपालिकाभित्रको फोहोर व्यवस्थापनका लागि फोहोर मैला संकलन तथा व्यवस्थापन केन्द्र निर्माण गरेको छ ।
गाउँपालिकाको वडा नम्बर ८ भुलभुलेमा संकलन तथा व्यवस्थापन केन्द्र संचालनमा ल्याइएको हो । गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङका अनुसार फोहोरमैला व्यवस्थापन नहुँदा वातावरण प्रदुषण हुनुका साथै विभिन्न प्रकारका रोगले संक्रमण गर्ने भएकाले उक्त केन्द्र स्थापना गरिएको हो । गुरूङका अनुसार संकलन केन्द्रमा ल्याएको नकुहिने फोहोर सिसा, बोतल, प्लाष्टिकलाई पुनःप्रयोग गरिनेछ । कुहिले फोहोरलाई छुट्टै व्यवस्थापन गरिनेछ । वडा तथा टोल–टोलमा नकुहिने फोहोर जम्मा गरिने र ट्याक्टरमार्फत संकलन केन्द्रमा ल्याउने उहाँले बताउनुभयो ।
ब्यवस्थापनका लागि कुहिने फोहोरलाई भने स्थानीयले घरमै मलखादको रुपमा प्रयोग गरिने र खेतबारीमा हाल्न प्रेरित गरिने छ । फोहोर मैला संकलन तथा व्यवस्थापन केन्द्र निर्माणका लागि गाउँपालिकाले आर्थिक बर्ष २०७४-०७५ मा १५ लाख रुपियाँ बजेट विनियोजन गरेकोमा चालु आर्थिक बर्षमा ३ लाख रुपियाँ छुट्याएको थियो । कुल १८ लाख रुपियाँको लागतमा केन्द्र निर्माण गरेको उहाँले बताउनुभयो । फोहोर संकलन भवनसंगै शौचालय, खानेपानीको धारा र कुहिने फोहोर राख्ने २ वटा खाल्डो निर्माण गरिएको छ ।
फोहोर संकलन सहज बनाउन भुलभुलेस्थित सिनो हाइड्रो सगरमाथा पावर कम्पनीले आर्थिक बर्ष २०७५-०७६ मा २३ लाख ५५ हजार रुपियाँ सहयोग गरेको र २१ लाख ९० हजार रुपियाँको ट्याक्टर खरिद गरिएको थियो । बाँकी रकम भने अन्य संरचनामा खर्चृ गरिएको उहाँले बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष होमबहादुर वि.क.ले आफु मात्र सफा भएर नहुने भएकाले सबै गाउँपालिकालाई स्वच्छ, सफा र हराभरा बनाउनका लागि फोहोर संकलन केन्द्र निर्माण गरिएको बताउनुभयो ।
आइतबार उक्त फोहोर मैला संकलन तथा व्यवस्थापन केन्द्रको उद्घाटन गर्दै गण्डकी प्रदेश सदस्य धनञ्जय दवाडीले गाउँपालिकाले जिल्लामै उदाहरणीय काम गरेको बताउनुभयो । गाउँ–गाउँसम्म सरसफाई सम्बन्धि चेतनाको अभावका कारण कतिलाई रोगले संक्रमण गरेको भन्दै गाउँपालिकाले अब गाउँसम्म सरसफाईको कार्यक्रम लैजान आवश्यक रहेको उहाँले बताउनुभयो ।
यसैबीच लमजुङको मस्र्याङ्दी गाउँपालिकाले सप्ताहव्यापी सफा मस्र्याङ्दी अभियान संचालन गरेको छ । आइतबारबाट अभियान शुरु गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । उहाँका अनुसार गाउँ तथा वडा–वडामा पुगेर जनप्रतिनिधि, कर्मचारी, संघसंस्थाका प्रतिनिधि, आमा समूह, बाबा समूह, युवा क्लबको सक्रियतामा सरसफाई गरिनेछ । गाउँपालिकालाई सफा, हराभरा र स्वच्छ बनाउने उद्धेश्यका साथ अभियान संचालन गरिएको उहाँले बताउनुभयो ।

मनाङकाे तापक्रम माईनस १६ पुग्याे, जनजीवन कष्टकर

नवीन लामिछाने

चामे, पुस ६। 

देशभर येतिबेला चिसो बढेको छ । औधी गर्मी हुने ठाउँमा पनि अहिले कठ्यांग्रिने जाडो छ । यस्तो समय हिमाली क्षेत्रमा हुने जाडो सहजै अनुमान गर्न सकिन्छ ।

सदाबहार जाडो भै रहने हिमाली जिल्लामा मनाङमा भने येतिबेला तापक्रम घटेर माइनस १६ डिग्री  पुगेको छ । अत्यधिक जाडो बढ्दा बगिरहने साना खोलाहरु जमेका छन् । धारमा आउने पानी पनि भुइँमा नखस्दै जमेको छ । खोला तथा ताल तलाउमा पानी जमेर बरफ बनेका छन् । रातीको  बेला परेको शीत जमिनमा बरफ बनेको छ भने पिउने पानीका मुहान पनि जमेका मनाङका स्थानीय गोरे गुरुङले बताए । उनका अनुसार हिउँ पनि त्यति नपरे पनि आकास नखुलेकाले अत्यधिक चिसाे  बढेकाे छ ।

जाडो हदै बढे पछी मनाङमा अहिले मजदुरी काम गर्ने कामदार र सरकारी कार्यालयका कर्मचारी मात्र देखिने गरेका छन् ।
सामान्य जाडो बढ्दै गर्दा मनंगीहरु लमजुंग, पोखरा, काठमाडौँ लगाएतका ठाउँमा झर्छन । अहिले पनि सक्नेहरु मनाङबाट अन्यत्र गइ सकेका छन् ।  जाडोका कारण घरबाहिर निस्की सक्नु छैन । घर भित्र आगो तापेर बस्नु पर्छ ।   मनाङमा सबैजसो ढोका लगाएर घरभित्रै बस्ने गरेका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकाेटाले बताए ।
यो समयमा गाउ घरमा घर कुर्ने, चौरी हेर्ने र हिउ फाल्ने मात्र बस्ने गर्दछन् । जाडो छल्नका लागि यहाका बासिन्दा काठमाडौं, पोखरा, चितवनलगायत भारतको बुद्धगया जाने गर्दछन् । गाउघरको सबै कामकाज सकेर व्यापारिक प्रयोजनका लागि उनीहरु धुपी जिम्भु पाचऔ“ले लगायतका जडीबुटी लिएर लमजुङ गोरखा लगातयका जिल्लामा आउने गर्छन् । मंसिरको अन्तिम साताबाट मनाङ सुनसान हुने भएकाले अक्सर गरेर माथिल्लो मनाङका विद्यालय वर्षै्पिच्छे जाडोको मौसममा तीन महिना बन्द हुने गरेका छन।

बिचाैर र गाैंडामा घुम्ती शिविर, गाउँमै सेवा पाउँदा स्थानीय हर्षित

बेसीशहर, पुस १ गते ।

जिल्ला प्रशासन कार्यालय लमजुङले दुर्गम क्षेत्रका जनतालाई घरदैलाेमा नै पुगेर सेवा दिने उद्देश्यले दूधपाेखरी गाउँपालिकाकाे बिचाैर र गाैंडामा एकीकृत घुम्ती सेवा शिविर सम्पन्न गरेकाे छ ।

शिविरमा  १ सय ७५ जनालाइ नयाँ  र  ८९ जनालाइ प्रतिलिपी नागरिकता वितरण गरिएकाे प्रजिअ झंकनाथ ढकालले बताए । साेही अबसरमा ४७ वटा दलित/ जनजाति सिफारिस गरिएकाे र १ जनाकाे फरक नाम भएकाे व्यक्ति एउटै भएकाे सिफारिस गरिएकाे छ ।

शिविरमा जिल्ला निर्वााचन कार्यालयबाट १ सय ८९ जनाकाे फाेटाे सहितकाे मतदाता नामावलीका लागि नाम दर्ता गरिएकाे र काेष तथा लेखा नियन्त्रक कार्यालयबाट ११ वटा नयां मदिरा विक्री वितरण इजाजतपत्र जारी गरिनुका साथै २ जना सेवाग्राहीकाे पेन्शनकाे हिसाब मिलान गरिएकाे छ ।

साे क्रममा घरेलु तथा साना उद्याेग विकास समितिबाट १९ वटा उद्दाेग र २१ वटा वाणिज्य दर्ता गरी १ जनाकाे वाणिज्य नविकरण सेवा प्रदान गरिएकाे छ ।

शिविरमा स्वास्थ्य परीक्षण गर्नेहरूकाे संख्या पनि उल्लेख्य रह्याे । जिल्ला स्वास्थ्य कार्यालयले शिविरमा ३ सय २९ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएकाे जनाएकाे छ । तीमध्ये ४३ जना महिलाकाे पाठेघरकाे मुखकाे क्यान्सर स्क्रिनिङ सेवा सेमत दिइएकाे थियाे ।

साे क्रममा कृषि ज्ञान केन्द्रबाट विभिन्न प्रजातिका ५ सय ३० सेट तरकारीका बीउ वितरण गरी किसानहरूलाइ अावश्यक कृषिसम्बन्धी परामर्श सेवा प्रदान गरिएकाे थियाे ।

त्यसैगरि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत १ सय १६ घरधुरीका ८ सय १६ पशुवस्तुलाई निशुल्क अाैषधी वितरण, २ वटा कुकुरलाई रेविज विरूद्वकाे भ्याक्सिन, १ वटा पशुकाे स्वास्थ्य परीक्षण र परामर्श सेवा प्रदान गरिएकाे प्रजिअ ढकालले जानकारी दिए ।

त्यस्तै शिविरमा नेपाल टेलिकमबाट १ सय १३ वटा प्रिपेड र ८ वटा पाेष्टपेड सिमकार्ड वितरण गरिएकाे छ । लमजुङ उद्दाेग वाणिज्य संघबाट २९ वटा पान नम्वर जारी गरिएकाे जनाइएकाे छ ।

भाैगाेलिक दुरी, यातायातकाे असुविधा, सदरमुकामसम्म अाइ सेवा लिन ठूलै रकम जाेहाे गर्नुपर्ने बाध्यता लगायतका विविध कारणाले वर्षाैदेखि नागरिकता लिन नसकेका गरिब किसान, महिला, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिकहरू गाउँमै सदरमुकामकाे सेवा पाउँदा कम्ती हर्षित भएनन् ।

शिविरमा सार्वजनिक सुनुवाइ गर्ने भनिए पनि समय अभावका कारण तय गरिएकाे कार्यक्रम भने सञ्चालन गर्न नसकिएकाे प्नजिअ ढकालले बताए ।  ।

प्रजिअ ढकालले एकीकृत घुम्ती शिविरकाे क्रममा साथ र सल्लाहका लागि प्रदेश सभाका माननीय सभासदद्वय धनञ्जय दवाडी र मधु अधिकारी प्रति हार्दिक अाभार प्रकट गरेका छन् । त्यस्तै समग्र व्यवस्थापनमा अहाेरात्र खट्ने दुधपाेखरी गाउंपालिकाका प्रमुख छुपी माया गुरूङ, उपाध्यक्ष कमल प्रसाद धिताल, प्रमुख प्रशासकिय अधिकृत ध्रुव खनाल, ३ नं वडाका वडा अध्यक्ष गाेविन्द दवाडी सहित सबै वडा अध्यक्ष र कार्यपालिका सदस्य, जनप्रतिनिधि र शिविरमा खट्ने कर्मचारी, इलाका प्रहरी कार्यालय विचाैरका सम्पूर्ण प्रहरी कर्मचारी र स्थानीय जनसमुदायलाइ धन्यवाद समेत दिएका छन् ।

त्रिवेणी कपकाे २७ अाैं श्रृंखला पुस १२ देखि शुरू हुने

बेसीशहर, २५ मंसिर ।

लमजुङमा फुटबलकाे पर्याय भनि चिनिएकाे बेसीशहरकाे त्रिवेणी युवा क्लवले त्रिवेणी कपकाे २७ अाैं श्रृंखला अागामी पुस १२ देखि सञ्चालन गर्ने भएकाे छ ।

लमजुङकै सर्वाधिक पुरस्कार राशीकाे याे प्रतियाेगिता विगतमा झैं सहजी खेलमैदानमा हुनेछ । अायाेजक क्लवले पत्रकार सम्मेलन गरी प्रतियाेगिताकाे तयारी थालिएकाे बताएकाे छ ।

खसीलाइ पहिलाे पुरस्कार राखेर प्रतियाेगिताकाे थालनी गरेकाे त्रिवेणी क्लवले प्रतियाेगिता २७ अाैं श्रृंखलामा अाइपुग्दा पुरस्कार राशी बढाएर ३ लाख पुर्याएकाे छ । दाेस्राे पुरस्कार डेढ लाखकाे छ । सेमीफाइनल पुग्ने अन्य दुइ टीमलाइ प्रति टीम ५० हजार पुरस्कार राखिएकाे क्लवका अध्यक्ष सिजन श्रेष्ठले बताए ।

प्रतियाेगितामा सर्वाधिक गाेलकर्ता र सर्वाेत्कृष्ट खेलाडिलाइ नगद १५ हजार पुरस्कार दिइने छ भने क्वाटरफाइनलबाट प्रत्येक दिन म्यान अफ द म्याच घाेषणा गरिने सम्मेलनमा जानकारी दिइयाे ।

प्रतियाेगितामा काठमाण्डाैंसहित देशका विभिन्न जिल्लाका टीमले सहभागिता जनाउने छन् । प्रतियाेगिता राष्ट्रिय भएकाले देशका विभन्न भागका टीमहरूलाइ सहभागिताका लागि अामन्त्रण गरिएकाे क्लवले जनाएकाे छ । अघिल्लाे बर्षबाट सहजी खेलमैदानलाइ स्तराेन्नति गरी ११ साइजकाे बनाइएकाले विगतका भन्दा यस बर्षकाे प्रतियाेगिता विशेष हुने अपेक्षा गरीएकाे छ ।

प्रतियाेगिता सम्पन्न गर्न २० लाख खर्च लाग्ने अायाेजक क्लवले जनाएकाे छ । साथै पुस १५ गते बेसीशहरमा बृहत सांगितिक कार्यक्रमकाे पनि अायाेजना गरीएकाे क्लवले जनाएकाे छ ।

प्रथम मेयरकपकाे उपाधि वडा नं. ७ लाइ, वडा नंं ९ काे विराेध

बेसीशहर, मंसिर २४ गते ।

लमजुङ सदरमुकाम बेसीशहरमा नगरपालिका भित्र रहेका उत्कृष्ट खेलाडीहरुको पहिचान गर्ने उद्देश्यले अायाेजित मेयरकप फुटबल प्रतियोगिता विवादकाबीच सम्पन्न भएकाे छ ।

बेसीशहरकाे सहजी खेल मैदानमा सोमबार भएको फाइनल खेलमा वडा नं. ८ लाई २ गाेलले पराजित गर्दै वडा नं. ७ को ले उपाधि जितेकाे छ । निर्धारित समयसम्म दुवै टीम गाेलरहित बराबरीमा राेकिएपछि थपिएकाे अतिरिक्त समयमा वडा नं. ७ ले ८ लाइ २ गोल गरी उपाधि अाफ्नाे पक्षमा पारेकाे हाे ।

उपाधिसंगै बिजेताले नगद ५० हजार, मेयरकप, स्वर्णपदक र प्रमाण पत्र पाएकाे छ । उपविजेतामा चित्त बुझाएकाे वडा नं. ८ ले नगद ३० हजार, रजतपदक र प्रमाणपत्र पायाे ।

प्रतियोगितामा वडा नम्बर ७ का सोमराज गुरुङ उत्कृष्ट खेलाडी, वडा नं. ८ का कृष्ण राना र जाेन गुरूङ र वडा नं. ७ का अाशिक गुरूङ सर्वाधिक गोलकर्ता घाेषित भइ नगद २-२ हजार पुरस्कार पाए भने वडा नं. २ ले अनुसासित टीमकाे ट्रफि पुरस्कार पाए ।

विजयी खेलाडीहरूलाइ बेसीशहरका नगरप्रमुख प्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, जिल्ला खेलकुँद विकास समितिका अध्यक्ष गोविन्द बस्नेत, नगर खेलकुँद विकास समितिका अध्यक्ष गोविन्द खड्काले पुरस्कार दिए ।

नगरभित्रका राम्रा खेलाडीको खोजी गरी उनीहरूकाे प्रतिभा उजागर गराइ खेलकुदकाे विकासमा टेवा पुर्याउने उद्देश्यले प्रतियाेगिता अायाेजना गरिएकाे नगर खेलकुद विकास समितिका अध्यक्ष गाेविन्द खड्काले बताए ।

यद्यपी वडा बाहिरका खेलाडि खेलाइएकाे भन्दै वडा नं. ९ का अध्यक्षले नै विराेध गरेका छन् । खेल हुन अघि बनाइएकाे नियम पालना नगरी बाहिरका खेलाडी खेलाइएकाेमा अाफ्नाे विराेध रहेकाे उनले बताए ।

प्रथम मेयर कप फुटबल प्रतियोगिता मंसिर २१ गतेदेखि सुरु भएको हो । प्रतियाेगितामा बेसीशहर नगरपालिकाभित्र रहेको ११ वटै वडाहरुको सहभागिता रहेको थियो ।

हलाे क्रान्तिकाे भूमिमा जातीय विभेद हटाउन सहभोज

  • लमजुङ मनाङ डटकम
शेषकान्त लेप्टेन, हरिभक्त तिघ्रे
ताेयनाथ पण्डित हलाे जाेति बिग्रे,
हलाे जाेत्ने मुख्य यी तीन जना हुन्
हलाे जाेती खालान् पाथीभात बाहुन् ।
२००७ साल ताका तत्कालीन पश्चिम ३ नम्बर, अर्थात अहिलेकाे दुराडाँडामा याे कविता निकै सुनाइन्थ्याे । २००६ सालमा दुराडाँडामा बाहुन अगुवाहरूले हलाे जाेतेर राजनीतिक र सामाजिक क्रान्तिकाे विगुल फुकेपछि तिनै बाहुनहरूलाइ उडाउन नियतले याे कविता बनेकाे थियाे ।
त्यतिबेला पिछडिएकाे र दलित समुदायले मात्र हलाे जाेत्थे । बाहुन क्षेत्रीले  हलाे जाेत्दा जात जात जान्छ भन्ने गरिन्थ्याे । जहानीया राणा शासनकाे बेला र ब्राह्मणवादकाे हालीमुहाली भएकाे बेला बाहुनहरू नै बिद्राेही बनेर हलाे जाेत्नुले तत्कालीन लमजुङे समाज मात्र हाेइन, सिंगाे देश हल्लियाे । केही क्रान्तिकारीले यसकाे स्वागत गरे पनि अधिकांशले यसकाे विराेध गरे । हलाे जाेत्नेहरूलाइ गाउँ बार्नेसम्म गरियाे, हलाे जाेत्नेहरू दलितकै जस्ताे ब्यबहार भाेग्न बाध्य भए ।
ती बाहुनकहाँ छाेरी दिन, उनीहरूका चेलीबेटी विवाह गर्ने काेही भएनन् ।
००६ सालमा लमजुङकाे क्रान्ति यतिमै मात्र सिमित भएन्, जातीय छुवाछुतकाे अन्त्यका लागि पनि काेशेढुंगा बन्याे । याे क्रान्तिका नायक पण्डित ताेयनाथले अाफ्नाे गाउँकी एक छाेरीलाइ घर पठाउँदा एक दलितलाइ राेटी लगायतका काेसेली बाेकाएर पठाए पछि त्यसले अर्काे हल्ला खल्ला मच्चाएकाे थियाे ।
पुरातन र रूढीबादी परम्परा हावी भएकाे त्याे बेला तत्कालीन ब्राह्मणा अगुवाहरूले असाध्यै ठूलाे क्रान्ति गरेका थिए । यसबापत उनीहरू सामाजिक रूपमा बहिस्कृत मात्र भएनन्, राणाहरूकाे अाँखी बने र कतिपयले मुद्दा मामिला पनि झेले ।
सामाजिक क्रान्तिकाे थालनी गर्ने त्यतिबेलाका अगुवामा पण्डित ताेयनाथ अधिकारी, विष्णुप्रसाद अधिकारी, हरिभक्त पाैडेल, श्रीकान्त अधिकारी, मायानाथ पाैडेल लगायत थिए ।
लमजुङमा अाज भन्दा ७० बर्ष अघि शुरू भएकाे सामाजिक तथा छुवाछुत बिरूद्धकाे अभियान त्यतिबेला  देशब्यापी चलेकाे थियाे । तर बिडम्बना छुवाछुत अझै समाजबाट हटेकाे छैन । बहुदल अाए पछि र लाेकतन्त्र, गणतन्त्र अाउँदासम्म पनि छुवाछुत हटाउन बिभिन्न कानुन बने । तै याे हट्न सकेकाे छैन । अझै पनि विभिन्न ठाउँमा छुवाछुत हटाउने उद्देश्यले सहभाेजकाे अायाेजना हुँदै अाएकाे छ ।
सामाजिक क्रान्तिकाे थालनी भएकाे त्यही दुराडाँडामा पनि अझै याे विभेद हट्न सकेकाे छैन । संविधान र कानुनले छुवाछुतलाई अपराध मानेकाे छ ।
यही सामाजिक विभेद अन्त्य गर्ने र सामाजिक एकताको सन्देश दिने उद्देश्यले हलाेक्रान्ति गरिएकै स्थानमा दुराडाँडाबासीले सहभोज गरेका छन् । संयाेगबस यसकाे नेतृत्व उनै ताेयनाथका छाेरा  शशिकान्तले गरे । उनकै अगुवाइमा त्यहाँका दलित र गैरदलितले शनिबार सँगै बसेर खाना खाए ।
सहभाेजमा संगै भाेज खाँदै दलित तथा गैरदलितहरू । तस्वीर – शान्ता कमली

शशिकान्त पण्डित तोयनाथका कान्छा छोरा हुन् । उनीअध्यक्ष रहेको मानव र वातावरण संस्था सहभाेजकाे अायाेजक बनेकाे थियाे । सहभाेज चलिरहँदा उनले भने ‘हामी एउटै गाउँका हाैं, हाम्राे  धर्म, संस्कृति र रहनसहन एकै छ, तर जातीय विभेदले हामी र हाम्राे समाजलाइ अझै जकेडिरहेकाे छ, सहभोज गरेर हामी सबै एक हाैं, ठूला साना छैनाैं भन्सने सन्देश दिन याे कार्यक्रम गरिएकाे हाे ।

कार्यक्रममा सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्रसहित जनप्रतिनिधिहरू, राजनीतिक दलका नेताहरू स्थानीय बुद्धिजिवी, समाजसेवी, शिक्षक तथा नागरिक अगुवाहरू सामेल थिए ।

घर बनाएर पनि अनुदान रकम नपाउँदा भूकम्पपीडित समस्यामा

शान्ता कमली
बेसीशहर, २४ मंसिर ।

भूकम्पपछि घर भत्किएलगत्तै चर्को ब्याज दरमा ऋण काढेर पुनःनिर्माण गरी बसेका लमजुङका भुकम्प पीडितले मापदण्डअनुसार घर नबनेको भनि अनुदान नपाएपछि समस्यामा परेका छन् ।

बेंसीसहर नगरपालिकाले आइतबार बेंसीसहर नगरपालिका ११ चिती तिलाहारमा आयोजना गरेको जनताको आवाज मेयरको जवाफ भूकम्प पुनर्निर्माण तथा सेवा प्रवाह र स्थानीय विकास निर्माणको सवालमा आयोजित सार्वजानिक सुनुवाई कार्यक्रमका सहभागी हुँदै यस्तो बताएका हुन् ।

मापदण्ड पूरा नभएकाले अनुदान पाएनन्
घर भत्किएर ओत लाग्ने ठाउँ नभएपछि पीडितले अनुदान पाइएला भनी महँगो ब्याजदरमा ऋण लिई आफैँ पुनःनिर्माणमा जुटेका थिए । उनीहरुले ऋण गरी घर बनाएर बसे । त्यस्ता लाभग्राहीले मापदण्ड पूरा नभएको भनी हालसम्म पनि सरकारले घोषणा गरेको तीन लाख अनुदान पाउन सकेका छैनन् ।

भूकम्प प्रभावित लाभग्राही सूचीमा परेकाले पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा एक लाख ५० हजार र तेस्रो किस्तामा एक लाख अनुदान पाउने कार्यविधि छ ।

बेसीशहर नगरपालिका–११ पास्नीडाँडाका ५६ वर्षीय हरिकृष्ण तिवारीले बस्ने ठाउँ नै नभएपछि साढे ८ लाखमा ४ कोठे घर बनाए । उनले आवास पुनःनिर्माण त गरे तर उनको घर अझै पास हुनसकेको छैन । ओत लाग्ने ठाउँ नभएर घर बनाए । ऋण धन गरी साढे आठ लाखमा घर बनाएँ, पास नभएकाले दोस्रो किस्ता नै पाउन सकेको छैन उनले भने ।

उनीमात्र होइन बेसीशहर ११ चिती तिलाहारकी मिठु सार्कीले पनि बस्ने ठाउँ नभएपछि घर निर्माण गरिन् । उनी भन्छिन् घर बनाउँदा इन्जिनियर थिएनन् आफ्नो अनुकलमा घर बनाए । अहिले घरको नक्सा पास गर्न न त वडाध्यक्ष नै मान्छन् । न त इन्जिनियर नै । तेस्रो किस्ता नपाउँदा समस्या भएको उनको दखेको छ । आवास निर्माण अनुदानको पहिलो किस्ता ५० हजार रुपियाँ लिएर घर निर्माण गरिरहेकाले जतिसक्दो चाँडै तेस्रो किस्ता उपलब्ध गराइदिन उनले आग्रह गरिन् ।

मापदण्ड अनुसार घर निर्माण गर्नेले रकम पाउने

बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले मापदण्ड अनुसार निर्माण गरिएका घरलाई रकम दिन कुनै समस्या नहुने बताए । उनले भने नगरपालिकाभित्र रहेका भुकम्प पीडितको समस्यालाई समाधान गर्न नगरपालिका लागी परेको छ ।

अर्यालले सवै मिलेर पुनःनिर्माणको गतिलाई तिब्ररुपमा अघि बढाउनुपर्ने बताए । नगरपालिकामा पहिले प्राविधिकको समस्या रहेको उनले स्विाकारे । अब पर्याप्त प्राविधिक भएकाले प्राविधिकका कारण काम नरोकिने उनले बताए ।

बेसीशहर नगरपालिका ११ का वडाध्यक्ष अच्युत वगालेले वडाभित्र भुकम्पले भत्किएका घरको पुननिर्माणलाई गति दिन आफु लागि पर्ने बताए । उनले भने वडाभित्रका ४ सय ४० जना भुकम्पपीडितमध्ये ४ सय २५ जनाले अनुदान सम्झौता गरेका छन् । अझै १५ जनाले सम्झौता गरेका छैनन् ।

१३ हजार ९ सय ५९ घर पूर्ण रुपमा क्षति
२०७२ वैशाख १२ गतेको भूकम्पले जिल्लामा १३ हजार ९ सय ५९ घर पूर्ण रुपमा क्षति पुराएको थियो । त्यसमध्ये १३ हजार ३ सय १९ घर पुनःनिर्माणको सम्झौता भएको छ । सम्झौता भएकामध्ये पनि १३ हजार ३ सय १९ परिवारले पहिलो किस्ता पाएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयका फोकल पर्सन शिव रेग्मीले बताए ।

जिल्लामा ६ सय ४० लाभग्राहीले अझै अनुदान सम्झौता गरेका छैनन् । रेग्मीका अनुसार तिनीहरुको खोजी कार्य भईरहेको छ । जिल्लाका ५ हजार ४५ जनाले दोस्रो किस्ता र ८ सय ५१ जना पीडितले तेस्रो किस्ता लिएका छन् । पहिलो किस्ता लिएका लगभग ७ हजारले निजी आवास पुनःनिर्माण शुरु गरेका छन् ।

दाइँ बरादो (बालकविता)

 -रमेशचन्द्र घिमिरे

उधिनेर कुटाले धानको जरामा

आज खलो ताछिन्छ खले गरामा

 

भिजाएर माटोमा गोबर मुछेर

पखालेर पानीले हात पुछेर

झिँगल्टा र घसेटा खोज्दै टिपिन्छ

चट्ट पारी पोतिन्छ, गरो लिपिन्छ

 

आजै मियो गाड्ने रे खेतको माझमा

खलो तयार हुने भो भरे साँझमा

राति उठी दयेँरा लाइट बाल्दछन्

गोरु खोजी ल्याउँछन् दाइँ हाल्दछन्

 

ठुल्दिदीले भुटेको खट्टे चपाउँदै

माल्दाम्लामा बाँधेका गोरु धपाउँदै

पुच्छर समाई ग‍ोरुको सँगै घुम्छु म

ञदाइँ बरादोझ भनेर खुसी हुन्छु म ।

 

रमेशचन्द्र घिमिरे

भोर्लेटार, लमजुङ

२०७५/०७/२६